युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

७ माघ, चितवन । पहिराेका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलामा बिहान सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

नारायणगढ-मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो । तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो । सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए ।

झण्डै ३० मिटर सडक माथिबाट पहिरो खसेको थियो । सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ । –रासस

प्रतिक्रिया

सम्बन्धित ख