युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय पर्वत दिवस विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ।
यस वर्षको नारा “हमाल र त्यसभन्दा बाहिर पानी, खाना र जीविकोपार्जनका लागि हिमनदीहरू महत्त्वपूर्ण छन्” भन्ने राखिएको छ, जसले हिमनदीहरूको संवेदनशीलता र भविष्यमा पर्ने प्रभावबारे चेतना फैलाउने उद्देश्य राख्छ।

हिमनदी पग्लँदै गएपछि पहाडदेखि तराईसम्म पानी आपूर्तिमा असर पर्छ, कृषि उत्पादन घट्न सक्छ र पहाडी समुदायहरू जोखिममा पर्न सक्छन्। त्यसैले हिमनदी संरक्षण केवल पहाडका लागि मात्र होइन, सम्पूर्ण जीवन र भविष्यका पुस्ताका लागि अत्यावश्यक मानिन्छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००३ देखि हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाइँदै आएको छ।
रोमस्थित FAO मुख्यालयमा पर्वतीय जीवन, वातावरण, हिमनदी तथा दिगोपनासम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।

राष्ट्रसंघका अनुसार विश्वका २ अर्ब मानिस पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन्।
तर पछिल्लो दशकमा पर्वतीय वातावरण जोखिममा परिरहेको, हिमनदी तीव्र गतिमा पग्लिरहेको र तापक्रम बढ्दै गएको तथ्यले चिन्ता बढाएको छ।

नेपालका लागि यो दिवस झनै विशेष छ, किनकि ८,००० मिटरभन्दा माथिका १४ हिमालमध्ये ८ वटा नेपालमै अवस्थित छन्। यी हिमालहरू भौगोलिक पहिचान मात्र नभई नेपालको संस्कृति, आध्यात्मिकता, पर्यटन र अर्थतन्त्रको मूल आधार बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख