झापा। देशभर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। जेनजी आन्दोलनपछि पुराना दलहरूप्रति जनआक्रोश बढेको विश्लेषण भइरहेका बेला रास्वपा लगायत नयाँ दलहरूप्रति आकर्षण बढेको देखिएको छ।

यद्यपि, प्रमुख राजनीतिक दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्र सत्ता प्राप्तिको लक्ष्यसहित गाउँ–गाउँमा घरदैलो अभियानमा सक्रिय छन्। यसै सन्दर्भमा झापा निर्वाचन क्षेत्र नम्बर ५ यतिबेला चुनावी इपीसेन्टरका रूपमा चर्चाको केन्द्रमा पुगेको छ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकाठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि झापा–५ ले राष्ट्रिय ध्यान आकर्षित गरेको हो।

नेपाल न्यूज बैंकको टोलीले गौरीगन्ज गाउँपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका का विभिन्न स्थानमा स्थलगत रिपोर्टिङ गरेको छ। रिपोर्टिङका क्रममा केही मतदाता कसलाई मतदान गर्ने भन्नेमा अन्योलमा देखिए पनि अधिकांशले भने केपी शर्मा ओलीप्रति भरोसा व्यक्त गरेका छन्।

स्थानीय बासिन्दाहरूले ओलीलाई विकासमुखी नेताका रूपमा चिन्ने बताएका छन्। उनीहरूका अनुसार झापा–५ मा सडक, शिक्षा, स्वास्थ्य, विद्युत् र यातायात जस्ता आधारभूत पूर्वाधार विकासमा ओलीको महत्वपूर्ण योगदान रहेको छ।

एक कार्यक्रममा स्थानीय बासिन्दा रीता देवी गिरी ले ओलीले झापालाई “एक युगबाट अर्को युगमा पु¥याएको” बताइन्। उनले भनिन्,

“पहिला विराटनगर जान पाँच सय रुपैयाँसम्म खर्चिनुपर्थ्यो, अहिले ५० रुपैयाँमै जान सकिन्छ।”

त्यस्तै, अर्का स्थानीय सुधिर कुमार शाह ओलीको जितप्रति ढुक्क देखिन्छन्।

“आँधीहुरी जस्तो कुरा क्षणिक हुन्छ, तर स्थायी काम गर्ने नेताको मूल्य समयसँगै देखिन्छ,” उनले भने।

मतदाता आनन्दी ठाकुर ले पनि ओलीप्रति विश्वास अटुट रहेको बताउँदै भनिन्,

“भोट हाल्न सुरु गरेदेखि नै मैले सूर्य चिन्हमै मतदान गर्दै आएकी छु।”

यसैबीच, केपी शर्मा ओली ले शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राख्न आग्रह गर्दै भने,

“छोराछोरीलाई पढायौँ भने गरिबी आफैं हटेर जान्छ।”

उनले अफवाह र हल्लाबाट टाढा रहन आग्रह गर्दै जनतालाई सचेत रहन अपिल गरेका छन्।

झापा–५ मा देखिएको जनसमर्थन र स्थानीय अनुभूतिलाई हेर्दा, केपी शर्मा ओलीलाई अनुभवी, विकासमुखी र भरोसायोग्य नेताका रूपमा लिने मतदाता उल्लेख्य देखिन्छन्।

प्रतिक्रिया

सम्बन्धित ख