जनकपुर । नेपाल–भारत सांस्कृतिक सेतु को रूपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो ।

परिक्रमाको पहिलो दिन जनकपुरधामस्थित हनुमाननगरमा विश्राम गरेर सहभागी साधुसन्त तथा श्रद्धालुहरूले भोलिपल्ट बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वर का लागि प्रस्थान गर्नेछन् ।

परिक्रमामा सहभागीहरू क्रमशः फूलहरको गिरीजास्थान → महोत्तरी मटिहानी → जलेश्वर → मडै → ध्रुवकुण्ड → कञ्चनवन → पर्वता → धनुषाधाम → औरही → विशौल → कल्याणेश्वर हुँदै पूर्णिमाको दिन जनकपुरधाम फर्कने योजना रहेको छ ।

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपाल–भारत गरी कुल १३३ किलोमिटरको पैदल यात्रा गर्नेछन् । उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले डोला उठाएर परिक्रमा सुरु गरेका छन् ।

मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारले रामायण सर्किट को कार्य विशेष पहलका साथ अगाडि बढाउने र जनकपुरधाम–अयोध्या सीधा जोड्ने योजना अनुसार जनकपुरधाम विमानस्थल विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख