युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडाैँ ।  भारतीय गायिका नेहा कक्करले नेपालमा प्रस्तुति दिएकि छिन । काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्समा शनिवार राति भएको ‘नेहा कक्कर लाइभ शो’मा भएकाे थियाे । तर कार्यक्रममा सिट क्षमताभन्दा बढी मान्छे आएपछि समस्या उत्पन्न भएको थियो ।

हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको अभियोगमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरेसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अन्तर्राष्ट्रिय अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि घिमिरेलाई नियन्त्रणमा लिएको हो।

घिमिरेले प्रस्तुति हेर्न नपाएकाहरुको टिकटको रकम फिर्ता गर्ने बाचा गरेका छन् । प्रहरीलाई समेत सुरक्षा मिलाउन भिडका कारण हम्मेहम्मे परेको थियो । कन्सर्ट हेर्न सुरक्षा निकायका वरिष्ठ अधिकारीदेखि भारतीय राजदूतावासका उच्च अधिकारी पुगेका थिए।

गायिका नेहा आफ्नो प्रस्तुति दिनका लागि पहिलो पटक काठमाडौंका आएकी थिइन् ।

२५ सय दर्शक क्षमताको लर्ड अफ ड्रिङ्क्समा आयोजकले क्षमता भन्दा धेरै टिकट वितरण गरेको प्रहरी भनाई छ ।

‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्करले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेकी थिइन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्करलाई काठमाडौंमा प्रस्तुत गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित ख