प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी काठमाडौंको भद्रकालीस्थित परिसरमा लगेको जनाएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकाका आधारमा उनीमाथि केही समयदेखि निगरानी बढाइएको थियो। सोही आशंकाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
यसअघि पनि माघ २३ गते प्रसाईं पक्राउ परेका थिए। त्यसबेला उनी हाजिर जमानीमा रिहा भएका थिए।
