काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३० रुपैयाँ, आलु रातो प्रतिकिलो २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ कायम गरिएको छ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, काउली (स्थानीय) २० रुपैयाँ, रातो मूला २५ रुपैयाँ, भन्टा लाम्चो ४५ रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) ११० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, तितो करेला १६० रुपैयाँ, लौका ९० रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, भिन्डी १०० रुपैयाँ तोकिएको छ।

समितिले रायोसाग प्रतिकिलो १५ रुपैयाँ, पालुङ्गो साग २० रुपैयाँ, मेथीको साग ३० रुपैयाँ र हरियो प्याज ३० रुपैयाँ निर्धारण गरेको छ।

यस्तै, बकूला प्रतिकिलो ५० रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) ११० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ, पुदिना ३०० रुपैयाँ र गुन्द्रुक २८० रुपैयाँ तोकिएको छ।

यस्तै, स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, केरा (दर्जन) १७० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) २४० रुपैयाँ, सुन्तला (नेपाली) १५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १३५ रुपैयाँ र स्ट्रबेरी (भुइँऐसुलु) ४०० रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख