युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

भारतीय चर्चित गायिका आशा भोस्लेले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छन् । भोस्लेले राष्ट्रपति निवास शीतल निवासमा पुगी राष्ट्रपतिसँग भेट गरेकी हुन् ।

साधना कला केन्द्रको आयोजनामा शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन भोस्ले बुधबार नेपाल आएकी हुन् ।

राष्ट्रपति भण्डारीले भोस्लेले नेपाली गीतसङ्गीतको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेको भेटघाटमा संलग्न केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए ।

“उहाँका गीतबाट राष्ट्रपति भण्डारी निकै प्रभावित हुनुहुँदो रहेछ”, मोक्तानले भने, “भोस्लेसँग भेट गर्न पाउँदा राष्ट्रपति धेरै खुशी हुनुभयो ।” भेटमा देशको समसामयिक घटनाक्रमका विषयमा पनि छलफल भएको उनले जानकारी दिए।

“भोस्लेले नेपालमा आफूले सोचेभन्दा धेरै सम्मान पाएको विषय राष्ट्रपतिलाई अवगत गराउनुभयो”, मोक्तानले भने, “विमानस्थलमा नेपाली संस्कृतिले गरेको स्वागत स्मरणयोग्य रहेको उल्लेख गर्नुभयो ।”

शनिबार हुने कार्यक्रममा गायिका भोस्लेले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है’ लगायतका आफूले स्वर दिएका थुप्रै नेपाली गीत गाउने कार्यक्रम रहेकाे र उनलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिने बताइएकाे छ ।

केन्द्रको निमन्त्रणामा अनुराधा पोडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार पनि नेपाल आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय