युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ फाल्गुन १३ बाट रिलिजमा आउने भएको छ l चौथो पटक रिलिज मिति तोकिएको फिल्म फाल्गुन १३ मा आउने फिल्म निर्देशक सुदर्शन थापाले सञ्जाल मार्फत जानकारी गराएका हुन् l  फिल्मलाई निर्देशक थापा र पूजा निर्माण गरेका हुन् । फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ l ‘म यस्तो गीत गाउँछु २’को कथा शिवं अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । फिल्ममा पाँच गीत समावेश छन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख