
काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको छ । कांग्रेस सभापति एवम् प्रधान मन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा छलफल भएको हो ।
तीन नेताबीच बालुवाटारमा एमसीसीसँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भएको भेटमा दाहाल र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै केही बुँदामा अनुमोदन गर्नुपर्ने र थप छलफल गर्नुपर्ने भन्दै यसका लागि थप समय पनि आवश्यक पर्ने बताएको बालुवाटार श्रोतले जनाएको छ । तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समय सीमाभित्रै एमसीसी अनुमोदन गराउनुपर्नेमा अडान लिएका श्रोतको दाबी छ ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्बाट एमसीसी अनुमोदन गराउने प्रतिबद्धता जनाए पनि प्रचण्ड अहिले त्यो अडानमा छैनन् ।