
हास्य सिरियल ‘सक्किगोनि’का कलाकार तथा निर्देशक अर्जुन घिमिरेलाई मातृशोक परेको छ । केही महिना अघि मस्तिष्क घात भएपछि काठमाडौँको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको घिमिरेको आमाको शुक्रवार बिहान साढे १ बजे निधन भएको हो ।१० महिना देखी अस्पतालमा उपचार भैरहेको उनको आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । केही महिना अघि उनले आमाको उपचार विधि निक्कै जटिल भए पनि उपचार भने भइरहेको पाडेले उल्लेख गरेका थिए ।