युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । रुसी सेनाले युक्रेनको एक टापु कब्जा गरेको छ । युक्रेनको सीमा सुरक्षा बलले कृष्ण सागरमा अवस्थित स्नेक आइल्याण्ड कब्जा गरिएको बताएको हो ।

‘हामीलाई प्राप्त जानकारी अनुसार स्नेक आइल्याण्ड कब्जामा लिइएको छ’, सीमा सुरक्षा बलले बिहीबार जानकारी दिएको छ । ओडेसा प्रशासनिक क्षेत्रअन्तर्गत पर्ने उक्त टापूमा तैनाथ युक्रेनका सैनिकसँगको सम्पर्क टुटेको पनि बलले जानकारी गराएको छ ।

रुसी सेनाले कब्जा गरेको स्नेक आइल्याण्डको सीमाना रोमानियासँग जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख