युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

नायिका पूजा शर्माले आफू सहित आफ्नो फिल्म युनिटलाई ठुलो बज्रपात परेको बताएकी छिन् l गत बुधवार फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रीमियरको लागि राखिएको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएकी हुन् l

फिल्मका मुख्य पात्र नायक पल शाहलाई आरोप प्रत्यारोप लागे पछि उनी प्रीमियरमा उपस्थित थिएनन् l उनैलाई सम्झेर पूजाले आँसु झार्दै आफ्नो मनको कुरा राखेकी थिइन् l पूजाले अन्तर्वार्तामा बुढापाकाले भनेको कुरा सही नै हो भन्ने मलाई महसुस भयो । जोडी मनकामना जानु हुन्न भनेर सुनिन्थ्यो, हुन त हामी लभ जोडी त होइनौँ तर पनि पर्दामा देख्दा हामीलाई लभ जोडी भनेर चिनिने गरिन्थ्यो । हाम्रो टिमलाई एउटा बज्रपातले नै टाउकोमा घेरेजस्तो महसुस भइरहेको छ । तर पनि केही छैन । जिन्दगीमा दुःखपछि नै सुख आउँछ भनेर भनिन्छ । मैले दर्शकको आस गरेको छु ।

राम्रो फिल्म बनाउन धेरै नै कोसिस गरेका छौँ। फिल्म बनाउँदा यस्तो हुन्छ कहिले सोचेनौँ ।राम्रो मनले नै फिल्म बनायौँ हामीले। बनाउँदा खेरी नै त्यही बेला पनि लकडाउन भइदियो हाम्रो हरेक सपनाहरू चकनाचुर भए। त्यही पनि ठिक छ नेपाली फिल्मको लागि हामी जहिल्यै पनि लड्ने छौँ। त्यसपछि खुल्यो, फेरि बन्द भयो। ठिक छ म सहन सक्छु, म सहने बानी नै परिसकेँ। त्यसपछि अब आज आएर फागुन १३ गते रिलिज हुँदै छ केही न केही उत्साह उमङ्ग छाइरहेको थियो, फेरि कसको नजर लाग्यो थाहा छैन तर पनि मिडियाबाट केही भन्न चाहन्छु। अब थाहा छैन के हुन्छ भविष्यमा तर पनि एउटा राम्रो फिल्म बनाएको छौँ हामीले, साथ दिनुहोला, तपाईँहरूकै साथले हामी बाँच्यौँ । सायद यति गर्दा पनि केही न केही चिजले आँखा लगाएको हो भने म यो क्षेत्रबाट आउट नै हुनुपर्छ जस्तो लाग्छ। किनभने मैले धेरै नै सङ्घर्ष गरिरहे जिन्दगीमा र जहिले पनि सङ्घर्ष गर्दागर्दै मिठाई खान्छु भन्दा ढुङ्गा परिरहेको हुन्छ मलाई । तर पनि मैले हिम्मत हारेको छुइन ।’

फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ l ‘म यस्तो गीत गाउँछु २’को कथा शिवं अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । फिल्ममा पाँच गीत समावेश छन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख