
काठमाडौं । चलचित्र अभिनेता पल शाहले अर्की एक महिलामाथि पनि जबरजस्ती करणी गरेको खुलाशा भएको छ । ती पीडितले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी छिन् । तर, उनले दिएको जाहेरी भने दर्ता भएको छैन । जिल्ला प्रहरी कार्यालय, चितवनमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् ।
गत वर्ष ७ चैत्रमा चितवनको गैँडाकोट रिसोर्टमा भएको सुटिङका क्रममा ती महिलामाथि पल शाहले जबरजस्ती करणी गरेको आरोप छ ।
‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा उल्लेख छ ।
चितवन प्रहरीले जाहेरीको थप अध्ययन पश्चात दर्ता हुने/नहुने निष्कर्श निकाल्नेछ । गत फागुन ११ गते अभिनेता शाह विरुद्ध तनहु प्रहरीमा जबरजस्ती करणीको जाहेरी परेको थियो । ती गायीकाको जाहेरी पश्चात शाहले यतिबेला प्रहरीमा आत्मसमर्पण गरिसकेका छन् ।