युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । गायक प्रकाश दूतराजका एकपछि अर्को गीत श्रोता-दर्शकले रुचाउँदै आएका छन् । फरक खालका गीत ल्याउँदै आएका उनका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’ युट्युबमा करोड क्लबमा प्रवेश गरिसकेका छन् । उनी गीत लेख्ने, भाका बनाउने मात्र होइन, भिडियोमा अभिनय समेत गर्दै आएका छन् ।

‘चोली मैलै भो’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’ हुँदै दुई साताअघि सार्वजनिक ‘सानु दाइ’ गीतको भिडियोमा प्रकाशले अभिनय गरेका छन् । यद्यपि, अभिनयमा भने आफ्नो धेरै रुचि नभएको उनी बताउँछन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘मलाई अभिनयमा त्यति धेरै रुचि होइन । तर मेरो सिर्जना रहेका गीतमा भिडियो निर्माणबारे साथीहरुसँग सल्लाह गर्दा तपाईं नै खेल्नुस् भनेर आग्रह गर्नुभएपछि अभिनय गर्दै आएको हुँ ।’

आफूले अभिनयभन्दा पनि सिर्जनामै बढी ध्यान दिने गरेको प्रकाश बताउँछन् । कोरोनाको तेस्रो लहरपछि मेला-महोत्सवहरुमा समेत व्यस्त बनेका प्रकाश नयाँ गीत आउन केही समय लाग्ने बताए । ‘तयारीमा छु । तर अझै एक-डेढ महिना लाग्ला,’ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित ख