युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । गत मंसिर ६ गते तामझामका साथ फिल्म ‘घुइँचो’ निर्माणको घोषणा गरियो । अभिनेत्री एलिजा गौतम र मोडल कुन्साङ बोमजनले जोडी बाँध्ने र दीपेन्द्र लामाले निर्देशन गर्ने कुराले चर्चा पनि बटुल्यो ।

तर फिल्मलाई लिएर अहिले नयाँ खबर छ । घोषणाको चार महिनामै प्रोजेक्टको भविष्य अन्योलमा छ । निर्देशक लामा र अभिनेत्री गौतमले नै फिल्म निर्माण अनिश्चित भएको बताउन थालेका छन् ।

कुन्साङले फिल्म छाडेको हल्ला पनि छ । फिल्मको एक नायकमा पल शाहलाई ल्याउने निश्चित गरिएपनि जबर्जस्ती करणीको मुद्दामा उनी प्रहरी हिरासतमा पुगेपछि प्रोजेक्ट अनिश्चित बनेको एलिजाले बिहीबार सञ्चारकर्मीसँग बताएकी छन् ।

तर दीपेन्द्रले चाहिं फिल्मको भविष्य अन्योलमा परेको सत्य भएपनि हिरोलाई लिएर एलिजाले बोलेका अभिव्यक्ति सही नभएको दाबी गरेका छन् । ‘म आफैं भोलि त्यो फिल्ममा हुन्छु कि हुन्न थाहा छैन । फिल्म बनेपनि अब घुइँचो टाइटल नै नहुन सक्छ,’ उनले भने ।

आर्थिक व्यवस्थापनको समस्याले फिल्म निर्माण रोकिएको दीपेन्द्रले बताए । रामजी दैलेखीले फिल्म निर्माण गर्ने बताइएको थियो । निर्देशक दीपेन्द्रका अनुसार अब घुइँचोको निर्माण तत्काल हुनेछैन । चैत दोस्रो सातादेखि दीपेन्द्र ‘२ नम्बरी’ फिल्म सुटिङमा व्यस्त हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित ख