युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

चितवन । आउँदो स्थानीय निर्वाचनमा एमोलेसँगको गठबन्धनको तयारी भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको प्रयास भएको बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यसपटकको निर्वाचनबाट धेरै अपेक्षा नरहेको बताउँदै पार्टीलाई खुट्टा टेकाउन मात्रै खोजेको बताए ।

‘स्थानीय निर्वाचनमा सहकार्य गर्ने कुरामा एमालेसँग प्रारम्भिक चरणको कुरा भएको छ, ‘उनले भने, ‘राष्ट्रियतासहितका विभिन्न सवालमा एमालेसँग निकट भएको महशुस गरेका छौं । सम्भव भयो भने सहकार्य गरेर जाने हाम्रो प्रयास हुनेछ ।’

यो निर्वाचनमा राजनीतिक दलहरुबीचमा गठबन्धन, सहकार्य संविधानलेनै अपेक्षा गरेकाले चुनावी तालमेल हुनु स्वभाविक भएको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर खुल्ला राजनीतिमा आउन चेतावनी दिएका छन् । राप्रपालाई रिमोट कन्ट्रोलबाट चलाउन खोजेको आरोप लगाउँदै दल गठन गरेर प्रतिष्पर्धामा आउन चुनौती दिएका छन् ।

ज्ञानेन्द्र शाहकै कारण राजसंस्था पुर्नस्थापनाको ढोका बन्द हुने अवस्थामा पुगेको बताए । ‘पूर्वराजासँग २०७३ सालपछि संविधान च्यातेर राजसंस्थाको पक्षमा विद्रोह हुन थालेपछि तिक्तता बढेको बताए । ‘रिमोट कन्ट्रोलबाट पार्टी चलाउनुभन्दा आफै सक्रिय भएको राम्रो,’ थापाले भने,’ ज्ञानेन्द्रले पार्टी खोले म पनि जान्छु । स्रोत साधन पनि हुने, बलियो पनि हुने । तर त्यसले राजसंस्था पुर्नस्थापनाको ढोका बन्द हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित ख