
काठमाडौँ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले आज (बिहीबार) तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिवि क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुने खेलमा
सन्दीप लामिछानेको कप्तानीमा रहेको छ । आज नेपालपीएनजीलाई हराएर एक खेलअघि नै फाइनलमा पुग्ने दाउमा छ ।
सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल २ खेलबाट ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा छ । मलेसिया २ खेलमा २ जित र १ हारसँगै २ अंककासाथ तालिकाको दोस्रो स्थानमा छ ।