युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । आज बिहीबार देशभरको मौसम आंशिकदेखि सामान्य बदलिको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेस, बागमतीका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ।

साथै तराई भूभागहरूमा तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न महाशाखा आग्रह गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख