
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।
आजै बिहान साढे १० बजे सत्ता गठबन्धनको बैठक बोलाएका प्रधानमन्त्री देउवाले त्यसअघि मन्त्रिपरिषद बैठक राखेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुने भएकाले आजको बैठकले केही महत्वपूर्ण निर्णय नियुक्त लिने बुझिएको छ ।