युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षका नारायण वलीको दुर्घटनामा परेर मृत्यु भएको छ भने अर्का एक सामान्य घाइते छन् ।

दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप घुम्तीबाट १५ मिटर तल खसेको थियो।दुर्घटनामा गम्भीर घाइते भएका नारायणको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त जिपका चालक २१ वर्षका थलराज वली हुन्। दुर्घटनामा उनी पनि घाइते छन्। मृत्यु भएका नारायण उनका भाइ हुन् ।

दुर्घटनाको कारण खुलेको छैन। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख