युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर १० लाख ३२ हजार ०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ४९ करोड ७३ लाख ७४ हजार ३९० जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, ४३ करोड २० लाख २० हजार ६९६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यस्तै, विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ३ हजार २७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ३ हजार २७५ को मृत्यु भएको हो।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ६१ लाख ९८ हजार ५९१ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ। हालसम्म विश्वभर ५८ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ५४ हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ११ लाख १८ हजार ५३५ संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ को ज्यान गएको छ । ६६९ जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७८ हजार ५५६ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ९ लाख ६५ हजार ९३६ जना संक्रमित निको भइसकेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर