युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले पाँचदलीय गठबन्धन मिलेर पनि चुनावमा एमालेलाई हराउन नसक्ने बताएका छन् ।आइतबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेदेखि डराएर नै गठबन्धन बनेको भन्दै पाँच दल मिलेपनि एमालेलाई हराउन नसक्ने बताएका हुन् ।

‘मिलेर पनि पार लाग्दैन । गठबन्धन गरेर पनि पार लाग्दैन । पाँचै जनाले पार लाग्दैन’, ओलीले भने, ‘मेरो निर्वाचन क्षेत्रमा ज्ञानेन्द्र शाह समर्थक ६ दलीय गठबन्धन गरेका छन् । ’ उनले एमालेले विरोधीलाई वान टु वान आउ नभन्ने भन्दै देशभरीका विरोधीहरु मोर्चा कसेर आएपनि केही गर्न नसक्ने दावी गरे ।

‘देशभरीका प्रतिक्रियावादीहरु, जनविरोधीहरु, देशद्रोहीहरु, राष्ट्रघातीहरु, भ्रष्टाचारीहरु, मोर्चा कसेर आउ, एमाले एक्लै लड्छ’, ओलीको चुनौती छ ।

प्रतिक्रिया

सम्बन्धित खवर