युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । चालु आर्थिक वर्षको सुरुदेखि वित्तीय क्षेत्रले भोग्दै आएको तरलता समस्या आगामी आर्थिक वर्षमा पनि समाधान नहुने संकेत देखिएको बैंकहरुले बताएका छन् ।

चालु आर्थिक वर्षको अन्त्यमा पनि तरलता अवस्थामा सुधार नआउने चर्चा चलिरहेको समयमा बैंकरहरुले आगामी वर्षमा पनि यो समस्या यथावत रहने संकेत देखिएको बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले बताएका छन् ।

नेपाली अर्थतन्त्रको आगामी दिशा विषयमा बुधबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले करिब साढे ४ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरिसकेको अवस्थामा करिब १ खर्ब ६० अर्ब रुपैयाँ मात्र निक्षेप संकलन भएका उनले बताए ।

‘आगामी आर्थिक वर्षका लागि करिब १५ प्रतिशतको मात्र कर्जा विस्तारको लक्ष्य राख्दा पनि वित्तीय क्षेत्रलाई करिब साढे ७ खर्ब रुपैयाँ चाहिन्छ,’ उनले भने, ‘त्यो सबै स्रोत बैंकले जुटाउन सक्दैन । यसका लागि राज्य स्तरबाटै विशेष पहल जरुरी छ ।’

चालु आर्थिक वर्षमा पनि आफूहरुले कुल कर्जाको करिब ५० प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गरेको उनले दाबी गरे । बैंकहरुलाई विदेशी मुद्रामा ऋण लिन सक्ने सुविधा भए पनि आफूहरुले ल्याउन नसकेको स्वीकार गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर