युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेकी रेनु दाहालले पाँच वर्षको अवधिमा भरतपुरमा गर्व गर्न सकिने काम गरेको दाबी गरेकी छन् ।

२०७४ सालमा मेयरमा निर्वाचित भएकी उनले विपक्षीहरुका अगाडि शिर झुकाउनु नपर्ने गरी काम गरेको बताएकी छन् । सत्तारुढ गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले भनिन्, ‘पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी, प्रतिपक्षसँग आँखा जुधाएर कुरा गर्न सक्ने भएका छौं, भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएका छौं ।’

उनले पुनः निर्वाचित भए महानगरमा सुरु गरेको गौरवका आयोजना पूरा गर्ने बताएकी छन् । आफूले पाँच वर्ष महानगरवासीको साझा जनप्रतिनिधिको हिसाबले काम गर्ने कोसिस गरेको पनि दाहालले बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर