युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौ । साझा यातायातका ३ वटा बस पुल्चोकमा आइपुगेका छन्।

साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले परीक्षणको लागि ३ वटा बस आएको जानकारी दिए। उनका अनुसार सरकारको अनुमति पछि थप ३ वटा बस ल्याउने तयारी छ । ‘सरकारी विज्ञले अनुमति दिएपछि ३७ बस आउनेछन्’, दीक्षितले भने ।

साझा यातायातले ४० वटा विद्युतीय बस खरिद गर्नको लागि चिनियाँ कम्पनी सीएचटीसीसँग सम्झौता गरेको छ। चीनमा सफल परीक्षण भएपछि विद्युतीय बस नेपाल ल्याउने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर