युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । झापा जिल्लाको गौरदह नगरपालिका-९ स्थित कमल खोलामा साउन १७ गते पौडी खेल्ने क्रममा वेपत्ता भएका १८ बर्षिय उज्वल खरेलको शव सशस्त्र प्रहरीले फेला पारी खोलाबाट बाहिर निकालेको छ ।

कमल गाँउपालिका—१ बस्ने उज्वल खरेल खोलामा पौडी खेल्दाखेल्दै एक्कासी वेपत्ता भएको खबर प्राप्त भएपछि नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको गोताखोरसहितको सशस्त्र प्रहरी बलको टोलीले बैगुनधुराबाट उनको खोजी कार्यमा जुटेको थियो । 

सशस्त्र प्रहरीले साउन १८ गते विहान  ८ः२० बजेको समयमा सोही ठाउँमा करीब २० फिट गहिरो पानी मुनि उनको शव फेला पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर