युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं प्रधानमन्त्री शेर बहादुर देउवाले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको बताएका छन् । लगानी बोर्डको सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरउन्नति गर्न लागेको बताए ।२०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्न प्रयत्न गरिरहेको उनको भनाई थियो । नेपालमा लगानीको आह्वान गर्दै देउवाले सबैलाई सहयोग गर्न तयार रहेको उनले बताए । नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने र नेपालमा लगानी गर्नेलाई छोटो प्रक्रियाबाट काम गर्न दिइने बताए ।

बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले ३३ वटा प्रोजेक्ट स्वीकृत भएको बताए ।

जसमा ९ अर्ब डलरबराबरका आयोजना रहेका छन् ।  देउवाले लगानी बोर्डले प्रोजेक्ट बैंक समेत सुरू गरेको पनि बताए । लगानी बोर्डका सीईओ दीपक भट्टले हाल ३ अर्ब डलर भित्र्याउन सफल भएको बताउँदै २०२६ सम्म ६ अर्ब डलर भित्र्याउने बताए । बोर्डले वैदेशिक लगानी भित्र्याउन सहयोग गर्ने संस्था र व्यक्तिलाई सम्मान गरेको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर