युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका-२ घर भएकि ३० बर्षिय बुहारी कोपिला परियारलाइ घरबाट सानो जातको भन्दै काजकिरिया गर्न रोक लगाएका छन् ।

केही समय अगाडी कोपिलाको ससुरा बितेको र कोपिला परियार भएकोले ‘किरिया गर्न हुँदैन, सानो जातले छुन हुँदैन’ भन्दै दलित समुदायभित्रकै विश्वकर्मा थरका परिवारले बुहारीलाई काजकिरिया गर्नबाट रोक लगाएको स्थानीय सुबिन बिश्वकर्मा बताएका छन् ।

उनका अनुसार बुहारी परियार वा बिश्वकर्मा भन्दा सानो जात भएकोले श्रीमानको परिवारले घरमा काजकिरिया गर्न स्वीकार नगरेको र अलग्गै घरमा बसेर ससुराको काजकिरिया बारिरहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर