युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौ । मंगाेल नेशनल अर्गनाइजेशन -डा: गाेपाल गुरुङ ( MNO-DGG) संगठनकाे लुम्बिनि प्रदेश प्रमुख समेत रहेकी रोल्पाकी बिमला पुनले राजिनामा दिएकी छिन्। २०७२ सालदेखि प्रबास सभा साउदीबाट संगठानिक जिम्मेवारी समाल्न थालेकी पुनले देशकाे विभिन्न भागमा हुने संगठानिक प्रशिक्षणहरु दिँदै आउँदा आफ्ना पारिवारिक ब्यस्तताकाे बावजुद संगठनलाई समय पुर्याउन हम्मे हम्मे परेकाेले आफुले संगठनलाई समय दिन नसकेकाे हुँदा पदमात्र ओगटेर बस्न नैतिकताले नदिएकाे हुनाले राजिनामा दिएकाे उनले जनाएकी छिन्।

 

संगठन भित्र हिजाेकाे दिनहरुमा जसरी काम गर्ने अवस्थापनि नभएकाे साथै दिन प्रतिदिन संगठनमा समुदायकाे हितकाे लागि भन्दा पनि ब्यक्ति बिशेषकाे हुँदै गएकाे समेत गुनासाे आइरहेकाे अवस्थामा संगठनबाट जिम्मेवार मानिसहरुले राजिनामा दिँनाले कतै अन्य शक्तिहरुकाे बहकाई त भएन ? भन्ने तर्क केही संगठनकाे नेताहरुकाे छ ।

बिमला पुनले राजिनामा गरे सँगै प्रवास सभा जापानका संयाेजक एकराज पुनले पनि संगठनमा रहेर काम नगर्ने बताएका छन्। आफ्नाे फेसबुक स्टाटसमा अर्का नेता आर्यन राईसँगकाे अनलाइन कुराकानीमा राईले तिमी संगठनमा बसेर काम नगर भन्ने अभिब्यक्तिले संगठानिक काम गर्न असमर्थ भएकाे बताएकाे छ भने बागमति प्रदेस प्रमुख शेरप तामाङले केही दिनअघि एक टेलिभिजन मार्फत अन्तर्वार्ता दिँदै संगठनमा अलि असहज परिस्थिति पैदा भएकाे बताएका थिए। सर्वाेच्च सभाका केही तेनाहरुकाे हठि, राजनितिक अपरिपक्वता र लिडरसिपकै कमि कमजाेरीकाे उपजले त याे संगठन सकिँदै जान लागेको होइन भन्न एक जिज्ञासमा तामाङ भन्छन्, “याे पक्कै पनि हाे, जसकाे समाधान हुँनै लागेकाे संगठनकाे अधिवेशनले नयाँ नेतृत्व चयन गर्छ तत्पश्चात अहिलेकाे सर्वाेच्च सभामा केही ब्यक्ति सहित संगठानिक नीति नियम साथै नेताहरुकाे नियत पनि फेरिने छ,।

लामाे समय अस्थित्वकाे लागि सांगठानिक राजनिति गरेका डा: गाेपाल गुरुङकाे नेतृत्वकाे MNO ले गुरुङकाे देहवसान पस्चात नियममा परिमार्जन गरि खस आर्यहरुसमेत संगठनमा समावेस गरेपछि अलग रहेका MNO-DGG संगठनलाई बिरलाल राईले नेतृत्व गरिरहेका छन्। संगठनमा रहेका केही साथिहरुले मिडियामा बोलेका कुराहरु समाजमा अलि अपाच्य भएकाे र त्यस्ता बक्तब्य दिने साथिहरुलाई सजक र समाजमा चल्न सक्ने भाषा र अभिब्यक्ति दिन जानकारी गरि सकिएकाे बताउछन् ।संगठनका अनुसासन बिभाग प्रमुख शक्ति राई ।

यसरी एकपछि अर्काे नेताहरुले संगठन छोड्दै गर्दा ८०% अहिन्दु मुलबासी मंगाेलहरुकाे आवाज उथान गर्ने संगठन कतै मासिने त होइन भन्ने जिज्ञासमा पार्टी वा संगठन भनेकाे धेरै किसिमकाे मानिस अटाउने एउटा प्ल्याटफर्म भएकाेले सकिन्छ साथिहरु सबै रहनु असल हाे अन्यथा आफ्नाे ब्यक्तिगत बिचारलाई हाम्रै संगठनमा लाडेर नराखी आफ्नाे ब्यक्तिगत स्वतन्त्रतालाई प्रयाेग गरि संगठनबाट बाहिरिन पनि सकिन्छ र अन्य नवआगन्तुकहरु यस संगठनमा आउन पनि सक्छ भन्छन् बागमति प्रदेश प्रमुख शेरप तामाङ ।

प्रतिक्रिया

सम्बन्धित ख