युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

रामेछाप । असोज १३ गते काठमाडौंबाट सिन्धुलीको गोलन्जोरतर्फ आइरहेको बोलेरो जीप सुनकोशी नदीमा खस्दा १३ जना घाइते भएका छन् ।

बा २० च ९३१ नम्बरको बोलेरो खुर्कोट नजिकै सडकबाट अनियन्त्रित भई सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीहरूले तत्काल उद्धार गरी घाइतेहरूलाई खुर्काेटको सामुदायिक अस्पताल र सुनकोशी अस्पतामा पुर्याएका थिए । उनीहरुको उपचार जारी छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूको विवरण यसप्रकार छ ः

१) मालती खुलाल, २०, गोलन्जोर–४ – छाती र ढाडमा चोट (अवस्था सामान्य)

२) भोजबहादुर थापा मगर, १७ – निधार, आँखा र टाउकोमा चोट (अवस्था मध्यम)

३) प्रेम मगर, २३ – टाउकोमा चोट (अवस्था गम्भीर)

४) जम्पा खुलाल मगर, २२ – निधारमा चोट (अवस्था सामान्य)

५) सुसन मगर, ११ – निधारमा चोट (अवस्था मध्यम)

६) केदार थापा मगर – छातीमा चोट (अवस्था मध्यम)

७) रोजिना थापा मगर, २० – छातीमा चोट (अवस्था मध्यम)

८) ज्ञानेन्द्र मगर, २२ – टाउको र छातीमा चोट (अवस्था सामान्य)

९) तारा बहादुर खुलाल, ३५ – नाक, बायाँ कम्मर र छातीमा चोट (अवस्था मध्यम)

१०) नितेश मगर, ८ – सामान्य चोट (अवस्था सामान्य)

११) रोश्मी मगर, २२ – सामान्य चोट (अवस्था सामान्य)

१२) ओम आले मगर, २५ – छाती र ढाडमा चोट (अवस्था सामान्य)

१३) ओमबहादुर राना, २६ (चालक) – दुबै खुट्टाको घुँडामा चोट (अवस्था सामान्य)

प्रतिक्रिया

सम्बन्धित ख