Latest News
Kathmandu

भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का

भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का

काठमाडौं । बिहीबार बिहान भारतको राजधानी नयाँ दिल्लीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।
स्थानिय समय अनुसार विहान ५ बजेर ३६ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । भुकम्पका कारण राजधानी दिल्ली सहित नोएडा, गुरुग्राम र आसपासका क्षेत्रका बासिन्दाहरूलाई त्रसित भएका छन् । भुकम्प गएको समय छोटो भएपनि यस क्षेत्रका अधिकांश मानिसहरू घरबाट बाहिर निस्कन बाध्य भएको बताइएको छ ।
यद्यपी, हाल सम्म कुनै पनि मानविय हताहत वा क्षति भएको खबरहरु भने आएका छैनन् । तर त्यहाँको स्थानिय सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
निफ्राको हरित उर्जा ऋणपत्र आज देखि कारोबारमा
पछिल्लो समाचार →
घरेलु मदिरा उत्पादन र नियमन गर्न विधेयक

Leave a Comment

Your email address will not be published. Required fields are marked *