Latest News
Kathmandu

अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुन्छ : राजीव खत्री

अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुन्छ : राजीव खत्री

काठमाडौं। प्रतिनिधि सभा सदस्य पदमा भक्तपुर–२ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री ले अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुने बताएका छन्।

शनिबार निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँगको संवादमा उनले भने, “हाम्रो देशमा कानुनलाई केही मान्छेले मुठ्ठीमा लिन्छन्, जसले गर्दा आम नागरिक डर त्रासले बस्छन्। मानिसहरु खुल्न सकेका थिएनन्। स्वागत गर्न सकेको थिएन। अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुन्छ।”

उहाँले आफूले भक्तपुर–२ बाट जित्दा सिंगो देशले जित्ने अवस्था बनेको उल्लेख गर्दै प्रतिस्पर्धी उम्मेदवारले हार महशुस गर्न नपर्ने धारणा राखे। उनले भने, “म भक्तपुर–२ मा जित्न आएको हुँ, जितें। तर कसैले हार महशुस गर्नुपर्दैन। भक्तपुरमा मेरो जीतले देशलाई पनि जितको अवसर दिएको छ। कोही पनि ३२ जना प्रतिस्पर्धी उम्मेदवारको सहि एजेण्डाले पनि जित्न सक्छ।”

त्यस्तै, एमालेका उम्मेदवार महेश बस्नेत ले आफूलाई ‘फुच्चे’ भनेर सम्बोधन गरेकोप्रति जवाफ दिँदै खत्रीले भने, “अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई जहिल्यै फुच्चे र नालायक देख्छ। तर जति नै फुच्चे र नालायक भएपनि समय उसको नै हुन्छ। सबैभन्दा बलवान समय र जनता हुन्।”

उहाँले थपे, “म जनताको तराजुमा जोखिन आएको थिएँ। यहाँ को हार्यो, को जित्यो भन्दापनि मलाई सबैले जित्यौं जस्तो लाग्छ। उहाँ उमेरमा पनि म भन्दा ठूलो हुनुहुन्छ। राजनीतिक हिसाबले पनि अगाडि हुनुहुन्छ। त्यसैले मलाई उहाँले फुच्चे भन्नुभएको होला, त्यो स्वभाविक हो।”

राजीव खत्रीको जीत भक्तपुर–२ मा मात्र नभई, देशभरको लोकतान्त्रिक अभ्यास र जनताको विश्वासको प्रतीक बनेको छ। उहाँले जीतपछि जनताको विश्वास र कानुनी शासन लागू गर्ने प्रतिबद्धता दोहोर्‍याए।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेमकिपाको लामो शासन तोड्दै रास्वपाका रन्जितको जीत (तस्विरहरु)
पछिल्लो समाचार →
कालिकोटमा नेकपाका शाहीको चौथो जित
Mahendra Bahadur Shahi celebrating victory in Kalikot parliamentary election

Leave a Comment

Your email address will not be published. Required fields are marked *