सुर्खेत। प्रतिनिधि सभा निर्वाचनमा कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही चौथो पटक विजयी भएका छन्। शुक्रबार राति सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार शाहीले ११,३३८ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाही नेश्ननललाई ९८६ मतान्तरले हराएका हुन्।
नेकपा एमालेका नगिन्द्र शाहिले १०,३५२ मत पाए। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका हर्षबहादुर बमले ७,१३३ मत प्राप्त गरे।
त्यस्तै नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले ४,५९९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले २,९३७ मत पाए।
नेमकिपाका नन्दबहादुर शाहीले ५९७, राप्रपाका सूर्यबहादुर शाहीले ५६६, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २६९ मत ल्याए।
नेकपाका शाही २०७० सालको संविधानसभा निर्वाचन यता कालिकोटबाट निरन्तर चुनाव जित्दै आएका छन्। २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित शाही कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भएका थिए।
२०७९ सालको प्रतिनिधिसभा सदस्य जितेका शाही चौथो पटक चुनाव जितेर सिंहदरबार प्रवेश गरेका हुन्।

Leave a Comment