Latest News
Kathmandu

रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा

रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा गरेका छन्।

शनिबार सामाजिक सञ्जाल मा लेख्दै उनले यो निर्णय लिएको बताएका हुन्। उनले भने, “देशभर राजसंस्था पुनस्र्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ।”

मिश्रले थपे, “विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु।”

उनले आफ्नो राजनीतिक यात्राको मूल्याङ्कन गर्दै भने, “गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारिपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन। तर ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा गर्ने छैन।”

साथै उनले देश–विदेशमा रहेका नेपाली र पार्टीका साथीहरूको समर्थनप्रति आभार व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी यात्रामा सफलता र शुभकामना दिएका छन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
Nepal Prime Minister Sushila Karki speaking with UAE President Sheikh Mohammed bin Zayed Al Nahyan on telephone discussing citizen safety and diplomatic solidarity
प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद
पछिल्लो समाचार →
इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता
Crude oil barrels at an international port, symbolizing rising oil prices amid Iran-US tensions and global energy market instability

Leave a Comment

Your email address will not be published. Required fields are marked *