Latest News
Kathmandu

प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद

प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद

काठमाडौंप्रधानमन्त्री सुशीला कार्की ले संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति हिज हाइनेस शेख मोहमद बिन जायद अल नाह्यान सँग टेलिफोन संवाद गरेकी छन्।

प्रधानमन्त्री कार्की ले पवित्र रमजानको अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

संवादका क्रममा प्रधानमन्त्री कार्कीले युएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई लक्षित गरी गरिएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा नेपालको ऐक्यबद्धता व्यक्त गरेकी छन्।

उहाँले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन, तनावलाई थप नबढाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरेकी छन्।

युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले कूटनीति र संवादको माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताइन्। नेपालले परिस्थिति सकेसम्म चाँडो सामान्य अवस्थामा फर्कने अपेक्षा व्यक्त गरेको छ।

उहाँले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकोमा युएई सरकारप्रति आभार व्यक्त गर्दै त्यहाँ कार्यरत नेपाली नागरिकहरू सहित सबै बासिन्दा र आगन्तुकहरूको समान रूपमा हेरचाह भएकोमा धन्यवाद दिइन्।

१ मार्च २०२६ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीको क्रममा एक नेपाली नागरिकको ज्यान गुमाएको खबर पाउँदा दुःख लागेको र ५ मार्च २०२६ मा अबुधाबी आईसीएडी क्षेत्रमा २ जना नेपाली घाइते भएकोमा चिन्ता व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले विश्वास व्यक्त गरिन् कि यो अवस्था लामो समय रहने छैन र यसले नयाँ कूटनीतिक अवसर सिर्जना गर्नेछ। नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको परिणाम भोगिरहेको छ।

उहाँले नेपाली नागरिकहरूको सुरक्षा, इन्धन मूल्य वृद्धी, लगानी प्रवाहमा संकुचन र मुद्रास्फीति सहित व्यापक आर्थिक दबाबहरू सामना गर्नुपरेको पनि बताइन्। ट्रान्जिटमा रहेका यात्रुहरू सुरक्षित रूपमा नेपाल वा तेस्रो देशमा प्रस्थान गर्न सक्नेमा विश्वास व्यक्त गरिन्।

युएईका राष्ट्रपतिले नेपालको ऐक्यबद्धता र सहानुभूति प्रति धन्यवाद व्यक्त गर्दै, १ मार्च २०२६ को घटनामा ज्यान गुमाएका नेपालीको समवेदना प्रकट गरे।

उहाँले नेपाल र युएईबीचको सुमधुर र मित्रवत् सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीहरुको मेहनती बानी र असल आचरणको प्रशंसा गरे।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
Swarnim Wagle celebrating victory in Tanahun-1, defeating Govind Bhattarai and Bhagwati Nyaupane in Nepal elections
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित
पछिल्लो समाचार →
रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा

Leave a Comment

Your email address will not be published. Required fields are marked *