Latest News
Kathmandu

म सलाम खान होइन, देश र जनताको सेवा गर्न उम्मेदवार बनेको हुँ : श्यामबाबु गुप्ता

म सलाम खान होइन, देश र जनताको सेवा गर्न उम्मेदवार बनेको हुँ : श्यामबाबु गुप्ता

बारा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट श्यामबाबु गुप्ता (प्रत्यक्ष) उम्मेदवार बनेका छन्। उनी नेपाली कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन्।

सिमराका स्थानीय गुप्ता अहिले आफ्नो पक्षमा मत माग्न घरदैलो अभियानमा व्यस्त छन्। आफू पद, कुर्सी र सलाम खानका लागि नभई देश र जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा आएको उनको भनाइ छ।

बारा ४ मा किन दिने मत ?

गुप्ताका अनुसार देशमा भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र विकासको स्पष्ट खाका जनताको मुख्य चाहना हो।
“नेपाली कांग्रेस बदलिएको छ। अब बदलिएको कांग्रेसले देश बदल्न सक्छ,” उनले भने।

उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्न पनि रुख चिन्हमा मतदान गर्न आग्रह गरे।

जेनजी युवाको मुद्दा के ?

गुप्ता आफूलाई जेनजी पुस्ताको प्रतिनिधि भन्दै भन्छन्–

  • नेता सुध्रनुपर्छ

  • भ्रष्टाचारमुक्त शासन चाहिन्छ

  • सुशासन र रोजगारी सिर्जना हुनुपर्छ

उनका अनुसार अहिले जनता कर र रेमिट्यान्सको भरमा बाँचेको अवस्था छ। पर्यटन, उद्योग र पूर्वाधारको सही उपयोगमार्फत देशलाई अघि बढाउन सकिने उनको विश्वास छ।

जनताका गुनासा

उनका अनुसार मतदाताबाट आएका मुख्य गुनासा यस्ता छन् :

  • स्वास्थ्य सेवा कमजोर

  • शिक्षा र खानेपानीमा समस्या

  • किसानलाई मलखाद अभाव

  • सिँचाइ र विजुली पूर्वाधार अपूरो

  • बाटोघाटो कमसल निर्माण

“सानासाना आधारभूत काममै ढिलाइ भएको छ। अब काम देखिनुपर्छ,” उनले भने।

उद्योग क्षेत्रमा स्थानीयलाई प्राथमिकता

बारा ४ देशकै प्रमुख औद्योगिक क्षेत्रमध्ये एक मानिन्छ। तर यहाँका उद्योगमा स्थानीयभन्दा बाहिरका व्यक्ति बढी रोजगारीमा रहेको गुप्ताको भनाइ छ।

उनले भने, “हामी स्थानीय तह र उद्योगसँग समन्वय गरेर नीति बनाउनेछौं, ताकि स्थानीय युवाले प्राथमिकतासहित रोजगारी पाउन सकून्। उद्योगको सामाजिक उत्तरदायित्व कार्यक्रममा पनि स्थानीय युवालाई जोड्ने योजना छ।”

सुशासन र सेवा प्रवाह

गुप्ताले सेवा प्रवाहमा सुधार प्राथमिकता हुने बताए।

  • घरमै वृद्धभत्ता पुर्‍याउने व्यवस्था

  • कामको स्पष्ट मास्टर प्लान

  • कागजी योजना होइन, कार्यान्वयनमा जोड

“जनताले भाषण होइन, डेलिभरी खोजेका छन्,” उनले भने।

स्वास्थ्य पूर्वाधारमा विशेष योजना

औद्योगिक क्षेत्र भएकाले प्रदूषणको असर स्वास्थ्यमा देखिन थालेको उनले बताए। विशेषज्ञ सेवा र सुविधासम्पन्न अस्पतालको अभाव रहेको उल्लेख गर्दै उनले निर्वाचित भएपछि संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी भरपर्दो स्वास्थ्य पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाए।

अन्तिम आग्रह

“म ठूलो बन्न वा सलाम खान होइन, सेवा गर्न उम्मेदवार बनेको हुँ,” गुप्ताले भने, “मलाई एकपटक अवसर दिनुस्। रुखमा मत दिनुस्, गरेर देखाउँछु।”

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
निरन्तर वर्षाका कारण न्यूजील्याण्ड र पाकिस्तानबीचको खेल रद्द
पछिल्लो समाचार →
धादिङ बस दुर्घटना : १८ जनाको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *