Latest News
Kathmandu

निरन्तर वर्षाका कारण न्यूजील्याण्ड र पाकिस्तानबीचको खेल रद्द

निरन्तर वर्षाका कारण न्यूजील्याण्ड र पाकिस्तानबीचको खेल रद्द

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को पहिलो खेल वर्षाका कारण रद्द भएको छ ।

आइतबार श्रीलंकाको कोलम्बो मा हुने पाकिस्तान र न्यूजील्याण्ड बीचको खेल निरन्तर वर्षाका कारण हुन नसकेको हो । खेल रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।

यस खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर टसपछि सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द गर्नुपरेको हो ।

विश्वकपमा शनिबारबाट सुपर–८ चरणका खेल सुरु भएका हुन् । २० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारतश्रीलंका सहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्यूजील्याण्ड सुपर–८ मा पुगेका छन् ।

सुपर–८ मा पुगेका टोलीमध्ये समूह ‘ए’ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘बी’ मा इंग्ल्यान्ड, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
धनुषामा आचारसंहिता विपरीत टाँसिएका करीब २० हजार निर्वाचन प्रचार सामग्री हटाइयो
पछिल्लो समाचार →
म सलाम खान होइन, देश र जनताको सेवा गर्न उम्मेदवार बनेको हुँ : श्यामबाबु गुप्ता

Leave a Comment

Your email address will not be published. Required fields are marked *