काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने ले इंग्ल्यान्डमा हुने प्रतिष्ठित क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ को अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् ।
प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरी मा ३१ हजार पाउन्ड बेस मूल्य मा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडी ले नाम दर्ता गराएका छन् ।
प्रतियोगिताको अक्सन आगामी मार्च ११ र १२ मा हुँदैछ । लामिछाने यसअघि सन् २०२१ मा ओभल इन्भिन्सिबल्स को टोलीमा १ लाख पाउन्ड मूल्यमा अनुबन्धित भएका थिए । तर सो समयमा उनले कुनै खेल खेलेका थिएनन् ।

Leave a Comment