काठमाडौं ।
राष्ट्रिय महिला फुटबलर **सावित्रा भण्डारी ‘साम्बा’**ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब सहयोग रकम रोक्न आग्रह गरेकी छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले पछिल्लो २४ घण्टामा आफूले पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएको उल्लेख गरिन्। आर्थिक सहयोग मात्र नभई अन्य साथ र समर्थनले उनलाई शल्यक्रिया तथा पुनस्र्थापनाका लागि ऊर्जा दिएको उनको भनाइ छ।
उपचारका लागि संकलन:
-
नेपाली बैंक खातामा एक करोड रुपैयाँ भन्दा बढी
-
विदेशी प्लेटफर्ममार्फत ४५ लाख रुपैयाँ (५२ हजार न्यूजिल्यान्ड डलर)
विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले थप सहयोगको प्रतिबद्धता जनाएकाले उपचार खर्च, आवास तथा यातायात व्यवस्थापन पर्याप्त देखिएको उनले बताइन्।
उनले भन्नुभयो कि आबद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनस्र्थापनाका लागि बीमा रकम निकासा गरी उपचार प्रक्रियामा सहजीकरण गरिरहेको छ। छिट्टै शल्यक्रिया मिति तय हुनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरिन्।
सावित्राले चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि कठिन समय गुज्रिएको बताउँदै समर्थकको साथले पुनः मैदान फर्कने आत्मविश्वास दिएको बताइन्।
उनको सन्देशबाट मुख्य अंशहरू:
-
💖 “आज ‘धन्यवाद’ शब्द पर्याप्त छैन। तपाईंहरूको साथ, विश्वास र माया मैले पाएको छु, त्यसले मलाई बलियो बनाएको छ।”
-
🏥 “मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोडभन्दा बढी र विदेशी प्लेटफर्ममा ४५ लाख जम्मा भएको छ। अब सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु।”
-
⚽ “म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु। अझ मजबुत भएर फर्केर नेपालको जर्सी लगाएर देशका लागि खेल्ने प्रतिवद्धता व्यक्त गर्दछु।”
सावित्राको यो निर्णयले उनका समर्थक र शुभचिन्तकलाई कृतज्ञता देखाउने साथै उनको पुनरागमनको आशा जगाएको छ।

Leave a Comment