Latest News
Kathmandu

समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुभारम्भ, सुशासन र झण्झटरहित सेवा प्रारम्भ भएको घोषणा

समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुभारम्भ, सुशासन र झण्झटरहित सेवा प्रारम्भ भएको घोषणा

काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले समाज कल्याण परिषद्ले दिने डिजिटलाइजेसन सेवा शुभारम्भ गरेकी छन्। मंगलबार ललितपुरको पुल्चोकमा परिषद्ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुख्य आतिथ्यता जनाउँदै सो सेवा सुरू गरेकी हुन्।

कार्यक्रममा उनले वेबसाइटको रिमोट अन गरेर शुभारम्भ गरेकी थिइन्। वेबसाइटमा विकासका कामहरू, गैरसरकारी संस्थाहरूको डेटा र कार्यक्रमहरूलाई वर्गीकृत गरी राखिएको छ। गैरसरकारी संस्थाहरूले ल्याएका कार्यक्रमहरू र अहिले पाइपलाइनमा रहेका कार्यक्रमहरू समेत यसमा हेर्न सकिनेछ।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय आवश्यकता र नेपाली जनताको आवश्यकतालाई मध्यनजर गर्दै काम गर्न सरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूलाई आग्रह गरिन्। डिजिटलाइजेसनले सुशासन र झण्झटरहित सेवा प्रदान गर्न सहयोग पुग्ने उनको भनाइ छ।

कार्यक्रममा मन्त्री श्रद्धा श्रेष्ठले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चातको अन्तरिम सरकारले स्वास्थ्य, शिक्षा, प्रशासन र सामाजिक विकास क्षेत्रमा गरेको दूरगामी नीतिगत सुधारहरूको चर्चा गरिन्।

डिजिटल प्रणालीका लाभहरू:

  • परियोजनाका फाइलहरू प्रविधिमैत्री बनाउन र कागजी झन्झटमुक्त गर्न सहयोग

  • प्रोजेक्ट स्वीकृतिको प्रक्रियामा लाग्ने प्रशासनिक लागत र समय घटाउने

  • दर्ता भएपश्चात कुनै फाइल अघि बढ्ने वा नबढ्ने स्वविवेकीय अधिकारको समस्या अन्त्य

  • हाल ५८ हजारभन्दा बढी गैरसरकारी संस्था परिषद्मा आवद्ध

गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले डिजिटलाइजेसनको कुरा लामो समयदेखि पैरवी हुँदै आएको उल्लेख गर्दै यसका लागि प्रधानमन्त्री र मन्त्रीलाई धन्यवाद ज्ञापन गरे। उनले एनजीओ सदस्यहरूलाई नेपालको गुडविल एम्बास्डरका रूपमा भूमिका खेल्दै आएको बताए।

कार्यक्रममा एनजीओ अध्यक्षहरूले हरेक पालिकामा गैरसरकारी संस्थाका लागि फरक नीति भएकाले झन्झट रहेको र सरकारले साझा नीति ल्याउनुपर्नेमा जोड दिएका थिए।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
उपचार सहयोग रोक्नुहोला, सबैलाई धन्यवाद : सावित्रा भण्डारी ‘साम्बा’

Leave a Comment

Your email address will not be published. Required fields are marked *