Latest News
Kathmandu

साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने

साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने

काठमाडौं । आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । साँझ ६:०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् ।

वरिष्ठ खगोलविद् जयन्त आचार्य का अनुसार यो चन्द्रग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ । चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको गाढा छायाले ढाकिएको देखिने उनले जानकारी दिए ।

उनका अनुसार चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनु दुर्लभ खगोलीय घटना मानिन्छ । काठमाडौँमा चन्द्रमा ग्रहणसहित साँझ ६:०४ बजे उदाउनेछ र करिब एक घण्टासम्म स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ ।

खगोलविद्हरूले चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा सुरक्षात्मक चस्माको आवश्यकता नपर्ने बताएका छन् । सूर्यग्रहणभन्दा फरक, चन्द्रग्रहणले आँखामा प्रत्यक्ष असर नपार्ने भएकाले खुला स्थानबाट नाङ्गो आँखाले सुरक्षित रूपमा अवलोकन गर्न सकिनेछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
Scene of police investigation in Dhanusha where a youth was murdered over a love affair
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
पछिल्लो समाचार →
इजरायलद्वारा तेहरान र बेरुतमा आक्रमण, खाडी क्षेत्रमा द्वन्द्व चर्कियो
Israeli airstrikes targeting Tehran and Beirut amid escalating Middle East conflict

Leave a Comment

Your email address will not be published. Required fields are marked *