Latest News
Kathmandu

धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

धनुषा। मधेश प्रदेश अन्तर्गतको धनुषामा बिहीबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको घटनाले स्थानीय क्षेत्र स्तब्ध बनेको छ। प्रहरी अनुसन्धानका क्रममा प्रेम सम्बन्धकै कारण युवकको हत्या भएको खुलासा भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएको छ।

धनुषाको औरही गाउँपालिका–६, चक्करस्थित खेतमा हंसपुरका २० वर्षीय सुमित कुमार मण्डलको शव गत बिहीबार फेला परेको थियो।

प्रहरीका अनुसार अनुसन्धान गर्दै जाँदा २४ घण्टा नबित्दै सुमितको हत्या उनकी प्रेमिका, काका र भाइ मिलेर गरेको पत्ता लागेको हो।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले बताए अनुसार बुधबार साँझ करिब ६ बजे सुमित सोही पालिकाको वडा नम्बर ६ सोनिगामामा बस्ने प्रेमिका काजल मण्डलसँग भेट्न गएका थिए।

सोही क्रममा काजलका काका परमेश्वर मण्डलले पसल बन्द गरी घर फर्कंदा दुवै जनालाई सँगै बसेको देखेपछि सुमितलाई कोठाबाट बाहिर निकाली काजलका भाइ दिपेश मण्डललाई बोलाएका थिए। त्यसपछि दुवैले मिलेर सुमितमाथि कुटपिट गरी पछाडि हात बाँधी खेतमा लगेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको प्रहरीको भनाइ छ।

घटना पश्चात पक्राउ पर्ने डरले मृतकले प्रयोग गरेको मोटरसाइकल दिपेशले छिमेकी गाउँमा रहेको आफ्ना साथीको घरमा लुकाएर राखेको खुलेको छ।

घटनामा संलग्न प्रेमिका काजल, उनका काका परमेश्वर र भाइ दिपेशलाई नियन्त्रणमा लिई घटनामा प्रयोग गरिएको हतियार समेत बरामद गरिएको तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ।

धनुषा प्रहरीका अनुसार सुमित र काजलबीच करिब एक वर्षदेखि चिनजान र कुराकानी हुँदै आएको थियो।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
Smoke rising in Kabul after reported airstrikes as tensions escalate between Pakistan and Afghanistan
काबुलमा पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयार
पछिल्लो समाचार →
साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने
Partial lunar eclipse visible over Kathmandu sky at moonrise during evening hours

Leave a Comment

Your email address will not be published. Required fields are marked *