Latest News
Kathmandu

धादिङ बस दुर्घटना : ज्यान गुमाएका १९ जनाकै सनाखत, घाइते २५ जना अस्पतालमा उपचाररत

धादिङ बस दुर्घटना : ज्यान गुमाएका १९ जनाकै सनाखत, घाइते २५ जना अस्पतालमा उपचाररत

काठमाडौं । धादिङ को बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्ग मा आइतबार राति भएको बस दुर्घटनामा १९ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङ ले दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित १९ जनाको सनाखत भएको जानकारी दिएको छ ।

पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १२३१ नम्बरको बस दुर्घटनामा परेको थियो । बस सडकबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये १४ जनाको काठमाडौंको ट्रमा सेन्टर, १० जनाको नेशनल अस्पताल कलङ्की र एक जनाको धादिङ अस्पताल मा उपचार भइरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दूरसञ्चार सेवालाई चुनावकालीन समयमा प्रभावकारी बनाउने गृह मन्त्रालयको तयारी
पछिल्लो समाचार →
करण केसी र वर्षा बस्नेतको विवाह : सामाजिक सञ्जालमा देखियो प्रेमको उत्सव

Leave a Comment

Your email address will not be published. Required fields are marked *