Latest News
Kathmandu

दूरसञ्चार सेवालाई चुनावकालीन समयमा प्रभावकारी बनाउने गृह मन्त्रालयको तयारी

दूरसञ्चार सेवालाई चुनावकालीन समयमा प्रभावकारी बनाउने गृह मन्त्रालयको तयारी

काठमाडौं । गृह मन्त्रालय ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दूरसञ्चार सेवा चुस्त र प्रभावकारी बनाउने उद्देश्यले सरोकारवाला निकायहरूसँग छलफल गरेको छ ।

नेपाल सरकारका प्रवक्ता एवं ओमप्रकाश अर्याल को उपस्थितिमा मन्त्रालयका सचिव, प्रवक्तासहित उच्च अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय का सचिव, सहसचिव, नियामक नेपाल दूरसञ्चार प्राधिकरण र सेवा प्रदायकहरुबीच निर्वाचन लक्षित दूरसञ्चार सेवाको प्रभावकारिता बढाउने समझदारी भएको हो ।

निर्वाचनका समयमा विशेष गरी मतदान केन्द्रमा सञ्चार पहुँच सुनिश्चित गर्न, सेवालाई थप प्रभावकारी बनाउन, मर्मत र अनुगमनलाई चुरुत र दुरुस्त राख्ने निर्णय भएको छ । टेलिफोन सेवा, इन्टरनेट लगायत सञ्चार सेवा प्रदायकमार्फत सेवा सुधार गर्ने विषयमा सरकारी निकायहरूले छलफल गरी कार्यान्वयन थालेका छन् ।

बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन सन्दर्भमा दूरसञ्चार सेवालाई सहज, भरपर्दो र प्रभावकारी बनाउने निर्देशन सम्बन्धित अधिकारीलाई दिएका छन् । उनले सरकारी सञ्चार माध्यम र दूरसञ्चार सेवासँग सम्बन्धित कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
Students attending SEE special preparation class organized by Kathmandu Metropolitan City
एसईईको नतिजा सुधार गर्न काठमाडौं महानगरको विशेष तयारी कक्षा सुरु, ६२७ विद्यार्थी सहभागी
पछिल्लो समाचार →
धादिङ बस दुर्घटना : ज्यान गुमाएका १९ जनाकै सनाखत, घाइते २५ जना अस्पतालमा उपचाररत

Leave a Comment

Your email address will not be published. Required fields are marked *