Latest News
Kathmandu

एसईईको नतिजा सुधार गर्न काठमाडौं महानगरको विशेष तयारी कक्षा सुरु, ६२७ विद्यार्थी सहभागी

एसईईको नतिजा सुधार गर्न काठमाडौं महानगरको विशेष तयारी कक्षा सुरु, ६२७ विद्यार्थी सहभागी

काठमाडौं । काठमाडौं महानगरपालिका को शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार गर्न ६ वटा विद्यालयमा विशेष तयारी कक्षा सुरु गरेको छ । गत वर्ष एसईईमा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने योजना बनाइएको छ ।

पहिलो चरणमा गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको हो । यी विद्यालयका ५२३ विद्यार्थीलाई विशेष तयारी कक्षामा सहभागी गराइनेछ । विषय विज्ञ, स्रोत शिक्षक तथा सेवा निवृत्त शिक्षकहरूले कक्षा लिनेछन् ।

न्यून नतिजा भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालयमा चैत ३ गतेपछि कक्षा सञ्चालन हुनेछ । यी विद्यालयका १०४ विद्यार्थीलाई समेत विशेष कक्षा प्रदान गरिनेछ । यसरी कुल ६२७ विद्यार्थी (कुल परीक्षार्थीको १३ प्रतिशत) लाभान्वित हुनेछन् ।

गीतामाता मा.वि.मा कक्षा शुभारम्भ गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले विद्यार्थीमा परीक्षाको डर हटाउने र आत्मविश्वास बढाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताइन् । उनले उत्तर लेख्ने सिप विकास गर्न र सही तरिकाले परीक्षा दिन प्रेरित गर्न विशेष कक्षा महत्वपूर्ण हुने उल्लेख गरिन् ।

विशेष कक्षाको मुख्य उद्देश्य न्यून सिकाइ उपलब्धि भएका विद्यार्थीलाई एसईई उत्तीर्ण गराउनु र सामुदायिक विद्यालयहरूको उत्तीर्ण प्रतिशत वृद्धि गर्नु रहेको विभागले जनाएको छ । सन्तोषजनक नतिजा हासिल गर्न नसकेका विद्यालयलाई प्राथमिकतामा राखिएको छ ।

२०८१ को एसईईमा सहभागीमध्ये ७८९ विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । तीमध्ये १७ जनाले ४ जीपीए ल्याएका थिए । यो नतिजा २०८० को तुलनामा ४४.७७ प्रतिशतले बढी हो । २०८१ सालमा ३.२१ देखि ३.६ जीपीए ल्याउने १,१४८ जना, २.८१ देखि ३.२ जीपीए ल्याउने ८९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २५७ जना र २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना विद्यार्थी रहेका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अरिजित सिंहलाई प्लेब्याक गायन नछाड्न आमिर खानको भावुक आग्रह
पछिल्लो समाचार →
दूरसञ्चार सेवालाई चुनावकालीन समयमा प्रभावकारी बनाउने गृह मन्त्रालयको तयारी

Leave a Comment

Your email address will not be published. Required fields are marked *