Latest News
Kathmandu

भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं ।
भारतको झारखण्डस्थित सिमरिया नजिक रेडबर्ड एयरवेजको एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। सशस्त्र सीमा बलका दोस्रो कमाण्डर रमेश कुमारले एएनआईलाई जानकारी दिएका छन्।

सोमबार साँझ ७:११ बजे राँची विमानस्थलबाट बिरामी बोकेर दिल्लीका लागि उडेको बिचक्राफ्ट सी—९० विमान करिब ७:३० बजेदेखि सम्पर्कविहीन भएको थियो। पछि चत्रा जिल्लाको कासारिया पञ्चायत क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

दुर्घटनामा मृत्यु भएका व्यक्तिहरू:

  • क्याप्टेन विवेक विकास भगत

  • क्याप्टेन सवराजदीप सिंह

  • सञ्जय कुमार

  • डा विकास कुमार गुप्ता

  • सचिन कुमार मिश्रा

  • अर्चना देवी

  • धुरु कुमार

सभी शव फेला पारेर पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

भारतीय उड्डयन परिषदले घटनाप्रति गहिरो चासो व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना व्यक्त गरेको छ। परिषद्का अध्यक्ष डा. नितिन जाधवले सोमबार एक विज्ञप्तिमा भने,

“सिमरिया नजिक २३ फेब्रुअरी २०२६ मा भएको रेडबर्ड एयरवेजको एयर एम्बुलेन्स दुर्घटनाप्रति हाम्रो गहिरो चिन्ता र हार्दिक समवेदना व्यक्त गर्दछौं।”

विमान दुर्घटनाको कारण पत्ता लगाउन एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरो (एएआईबी) को टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्ने बताइएको छ।

रमेश कुमारले एएनआईसँग कुरा गर्दै भने,

“हामीलाई सूचना प्राप्त भयो कि विमान दुर्घटना भएको छ। यो क्षेत्र धेरै भित्री भागमा पर्दछ। यहाँ दुई किलोमिटरको लागि सडक छैन। जब हामी राति पुगेका थियौं, कुनै पनि व्यक्ति जिउँदो फेला परेन। मृत शरीरहरू निकाली मुख्य सडकसम्म बोक्न निकै कठिनाइ भयो। हाम्रोसँग केवल एक स्ट्रेचर थियो, जुन हामीले एसएसबीबाट ल्याएका थियौं। राति पनि त्यसैको प्रयोग गरेर उद्धार गरियो। यो दुई किलोमिटर जंगलमा हिंड्न एक्लै पनि गाह्रो छ, यहाँ घना झाडी र गहिरो जंगल छ। राति उद्धार गर्नु साँच्चिकै चुनौतीपूर्ण थियो।”

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
युवाविहीन बस्तीमा चुनावी रौनकः न भोटर छन्, न त उत्साह !
पछिल्लो समाचार →
अरनिको यातायातद्वारा मन्थली क्षेत्रमा १२ दिनदेखि सेवा अवरुद्ध, चुनावको मुखमा स्थानीयलाई सास्ती

Leave a Comment

Your email address will not be published. Required fields are marked *