काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर करण केसी वैवाहिक जीवनमा प्रवेश गरेका छन्। उनले युट्युबर तथा पत्रकार वर्षा बस्नेतसँग विवाह गरेका हुन्।
विवाह समारोह परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा चार दिनअघि नै सम्पन्न भएको थियो। तर दुवैले सामाजिक सञ्जालमार्फत आज मात्र विवाहका तस्बिरहरू सार्वजनिक गरेका छन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका केसी र बस्नेतको सम्बन्धबारे क्रिकेट तथा सञ्चार क्षेत्रका साथीहरूबीच पहिल्यै चर्चा चल्दै आएको थियो।

Leave a Comment