सोमबार अपरान्ह राजधानीको ज्यापु एकेडेमीमा आयोजित कार्यक्रममा शुभेच्छाले ताज पहिरिन सफल भइन्। ताजसँगै उनले फेसन कलेजमा छात्रवृत्तिसहित अन्य उपहार पनि प्राप्त गरेकी छन्।
फस्ट रनरअपमा सुष्मा कार्की र सेकेण्ड रनरअपमा देवकी कार्की खड्का हुन सफल भए।
आयोजकले बताएका छन् कि यो विवाहित महिलाहरुको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता श्रृंखलाको छैटौं संस्करण हो।
करिव डेढ दर्जन प्रतियोगीहरुले तीन सातासम्म चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाबाट व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, फोटोसुटलगायत तालिम लिएका थिए।
प्रतियोगिताको ओपनिङ नृत्यमा एकै रङको पोशाकमा कार्यक्रम सुरु भएको थियो। प्रतियोगीहरुले परिचयात्मक चरण, पोशाक प्रदर्शनी, टप १०, टप ५, अन्ततः क्राउनिङसम्म पुगे।
कार्यक्रममा विविध सबटाइटल अवार्ड पनि वितरण गरियो:
-
वेस्ट ट्यालेन्ट: शुभेच्छा मेयाङ्बो
-
वेस्ट पर्सनालिटी: सानी शेर्पा
-
मोस्ट कन्फिडेन्ट: मनु लिम्बु
-
वेस्ट फोटोजेनिक: सुष्मा कार्की
-
मोस्ट एक्टिभ: सम्झना सुनुवार
-
मोस्ट डेसेन्ट: पम्फा नेपाली
-
मोस्ट डेडिकेटेड: निरु लामा
-
मोस्ट डाइनामिक: अमिता अधिकारी
-
मोस्ट स्मार्ट: सुनैना अर्याल
-
मोस्ट ग्रेसफुल: कुमारी खड्का गुरुङ
-
मोस्ट डिलिजेन्ट: देवकी कार्की खड्का
-
मोस्ट चार्मिङ: पुनम थापा पौड्याल
-
मोस्ट पपुलर: सुनैना अर्याल
-
वेस्ट मल्टिमिडिया: सानी शेर्पा
-
पब्लिक च्वाइस भिडियो: सुष्मा कार्की
-
वेस्ट ड्रेस: मनु लिम्बु
बीचबीचमा कलाकारहरुको आकर्षक नृत्य पनि कार्यक्रमलाई अझ रोचक बनायो। प्रतियोगीहरुले कोरियोग्राफर हिमानी सुब्बाको निर्देशनमा आफूलाई अब्बल साबित गर्ने प्रयास गरे।
कार्यक्रमको निर्णायक मण्डलमा:
-
अभिनेता एवं इभेन्टकर्मी एसराज गराज
-
फेसन डिजाइनर सुक्निता चौलागाईं
-
नृत्य प्रशिक्षक राहुल साह
-
नायिका ऋचा थापा
-
मिसेस हिमालयन नेपाल २०२५ प्रनिता क्षेत्री
-
फेसन डिजाइनर एवं मिसेस ग्लोबल नेपाल २०२४ विजेता सुनिता भुजेल
इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले भने, “आफूभित्र निहीत प्रतिभा प्रस्फुटन गरी विवाहित महिलाहरुले आफूलाई हरेक क्षेत्रमा प्रमाणित गर्न सक्ने सन्देश यही कार्यक्रमबाट फैलाउन खोजिएको हो।”

Leave a Comment