Latest News
Kathmandu

कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो

सुर्खेत ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। आवश्यक निर्वाचन सामग्रीहरू जिल्लाहरूमा पु¥याइसकिएको छ भने सुरक्षाका लागि १५ हजारभन्दा बढी सुरक्षा व्यवस्था कडाइ गरिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले १० वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको जानकारी दिएका छन्।

जिल्ला सदरमुकामबाट मतदान स्थलहरूसम्म निर्वाचन सामग्री पु¥याउने काम भइरहेको छ। निर्वाचनका लागि प्रदेशभर ५ हजार ५८० नेपाल प्रहरी९ हजार ७४२ निर्वाचन प्रहरी गरी १५ हजार ३२२ सुरक्षाकर्मी खटिएका छन्।

कर्णालीका सुर्खेत, रुकुम, डोल्पा, मुगु, जुम्ला र हुम्ला जिल्लामा रहेका ६ वटा विमानस्थल र ९ वटा कारागारको सुरक्षा नेपाली सेनाले खटाएको छ।

हिमाली जिल्लाका दुर्गम मतदान स्थलहरूमा निर्वाचन सामग्रीदेखि मतदान पश्चात् मतपत्र संकलनको काममा हेलिकप्टर परिचालन गरिने भएको छ।
नेपाली सेनाले नियमित गस्ती गर्ने काम गर्दैछ र सडक नपुगेका ठाउँमा घोडाको प्रयोग गरिएका छन्।

कर्णालीमा १० लाख ३७ हजार २५० जना मतदाता रहेको जानकारी छ। यहाँ ९ सय ४१ मतदान स्थलमा १ हजार ४ सय ३७ मतदान केन्द्रहरू रहेका छन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छा मेयाङ्बोले पहिरिन सफल भएकी छन्।
पछिल्लो समाचार →
चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमाचलबाट उद्धार

Leave a Comment

Your email address will not be published. Required fields are marked *